रविन्द्र अधिकारी एनसेल घोटलाका नाइके भएको खड्काको आरोप

पोखरा । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डको अनियमितताबारे  भण्डाफोर गर्ने बताएका छन् ।

 केहि दिन अगाडि चुनावी कार्यक्रममा बोल्दै खड्काले कास्की क्षेत्र नम्बर २ मा बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रविन्द्र अधिकारी यो काण्डका नाइके भएको उल्लेख गरेका छन् ।

 आफुले यो काण्डको विषयमा कुरा उठाएपछि बाम गठबन्धनका धेरै साथीहरु  चिढिएको उनले वताए । आफुले संसदमा तत्कालिन समयमा ‘एनसेल खरिदविक्रि काण्ड’ र ‘विकास समितिले गरेको निर्णय’को विरोधमा बोलेका कुराहरु अझै पनि सुरक्षित भएको उनले बताए ।

 उनले एनसेलको खरिदविक्रिसँग जोडिएको कर छुटको कुरादेखि फोर जी संचालनको अनुमती दिने निर्णयसम्म २६ अर्ब भन्दा बढी पैसाको चलखेल भएको पनि दाबी गरे । रविन्द्र अधिकारी प्रत्यक्ष यसमा संलग्न रहेको उनको आरोप थियो । किनभने उनी विकास समितिका सँयोजक हुन् । उनी यो विषयलाई लिएर पन्छिन कदापी मिल्दैन ।’  अधिकारी संयोजक रहेको विकास समितिमा  खड्का सदस्य समेत हुन् । खड्काले एनसेल खरिद विक्रि काण्डसँग सम्बन्धि रहेर  सम्पूर्ण प्रमाणहरु जुटाईसकेको पनि खुलाए ।

प्रतिक्रिया

सम्बन्धित