हचुवाको भरमा सशस्त्र र नेपाल प्रहरीमा दरबन्दी थप, प्रहरीमा रडाको

काठमाडौं । चौतर्फी विरोधका बाबजुद पनि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप गरेको छ। हचुवाका भरमा शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीमा ५ एआईजी तथा नेपाल प्रहरीमा ९ डिआईजीको दरबन्दी थप गरेको हो।

देशलाई भार पर्ने गरी अनाबश्यक रुपमा थप गरिएको दरबन्दीले फाइदा भन्दा पनि घाटा बढि हुने स्पष्ट छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ठाडोे प्रस्ताव लगेर दरबन्दी थप गरेका हुन् । प्रदेशमा डिआईजी खटाउन भन्दै दरबन्दी थपिएको छ। आर्थिक चलखेल कै कारण दरबन्दी थप भएको स्रोतको दावी छ ।

माथिल्लो तहमा धेरै पद र तल्लो तहमा थोरै हुँदा संगठनको चेन अफ कमाण्ड नै बिग्रदै गएको छ। यसअघि प्रधानमन्त्री देउवाले एसएसपीहरुको बढुवामा संख्या थप गर्न दबाब दिएपछि आईजीपी प्रकाश अर्याल तनावमा परेको भन्दै विदामा बसेका समाचार आएको थियो ।

प्रहरीमा चार जना डिआईजीको पद रिक्त रहेको अवस्थामा प्रधानमन्त्री पत्नी आरजु राणाको दवाव थेग्न नसकेपछि देउवाले संख्या नै थपेर नौ जना एसएसपीलाई डिआईजीमा बढुवा गराउन खोज्दा आईजीपी अर्यालले अस्वीकार गरेका थिए । तर, अहिले सरकारले मन्त्रीपरिषद्मा लगेर उक्त निर्णय गराइसकेको छ ।

एसएसपीहरु केदार रिजाल, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, दिपक थापा, श्यामबहादुर खत्री, दानसिंह बोहोरा, दिनेश अमात्य, सुवास चौधरी, रविन्द्र शर्मा र सुशील भण्डारी डिआईजी बढुवाका आकांक्षी हुन् । यि मध्ये अमात्य र चौधरीले आरजुमार्फत बढुवामा आर्थिक चलखेल गरेको थाहा पाएपछि आईजीपी अर्याल उनीहरुसँग रुष्ट बनेका छन् । चौधरीले कांग्रेस नेता विजयकुमार गच्छदारमार्फत चलखेल गरिरहेका छन् ।

बढुवामा कार्यदक्षता र योग्यताको मापदण्ड भन्दा पनि आरजुले पैसालाई नै प्राथमिकतामा राखेर संख्या बढाउन लागेपछि प्रहरीमा रडाको मच्चिएको छ ।

प्रतिक्रिया

सम्बन्धित