चरी मारिएपछि गुमनाम बनेकी खुश्बु सामाजिक काममा सक्रिय, प्रचण्डलाई बुझाइन ज्ञापन पत्र

khusbu

काठमाडौं । चार बर्ष अघि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी 'चरी'की प्रेमिका तथा सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापन पत्र बुझाएकी छन् ।

 चरी मारिएपछि केही समय बिदेशमा गुमनाम बनी नेपाल फर्किएर बिहे समेत गरिसकेकी खुश्बु ओली अहिले सामाजिक काममा सकृय बनेकी छन् ।  नेपालमा बालबालिकाको स्थिति अत्यन्तै कमजोर रहेकाले पर्याप्त बजेट र कार्यक्रम बनाउन माग माग गर्दै उनले ज्ञापन पत्र बुझाएकी हुन्।

 ‘बालबालिका भविष्यका कर्णदार हुन्। भविष्यका राष्ट्रका नेतृत्वकर्ता हुन्। तर, लाखौं बालबालिकाले अहिले पनि भविष्य निर्माण गर्ने विद्यालयको ढोका देख्न नै पाएका छैनन्। कतिपय बालबालिकालाई कदेखि ज्ञसम्म लेख्न पनि आउँदैन। माघको जाडोमा धेरै बालबालिका पेटीमा खाली पेट सुतिरहेको देखिन्छ’, ज्ञापन पत्रमा भनिएको छ – ‘अनेक समस्या र बाध्यताका बीच बालबालिकाहरु सडकमा बस्न र पढ्ने उमेरमा मागेर दैनिकी चलाउन बाध्य छन्। यो परिवेशको अन्त्य गर्न नै सेल्टर आश्रय नेपालको स्थापना गरिएको हो। सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने मुख्य लक्ष्य बनाएको संस्थाले सडकमा रहेका बालबालिकालाई सुन्दर भविष्य प्रदान गर्ने कोसिस गरिरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित