प्रहरी अस्पतालले अब सर्वसाधारणलाई समेत उपचारमा सेवा दिने

काठमाडौं।  आजबाट नेपाल प्रहरी अस्पतालले  सर्वसाधारणलाई समेत उपचारमा सेवा सेवा दिने भएको छ । यसअघि अस्पतालले बहालवाला तथा अवकाशप्राप्त प्रहरीलाई मात्र सेवा दिंदै आएको थियो।  तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले नेपाली सेना र नेपाल प्रहरीको अस्पतालबाट सर्वसाधारणलाई पनि उपचार सेवा दिलाउन पहल गरेका थिए।  लामो गृहकार्यपछि प्रहरी अस्पतालले सर्वसाधारणलाई सेवा दिन लागेको हो।सेनाको अस्पतालले यसअघि नै सर्वसाधारणलाई सेवा दिन थालिसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित