को–को सिफारिस हुँदैछन् प्रदेश प्रमुखमा र कहाँ–कहाँ बन्दैछ अस्थायी राजधानी ?

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आवश्यक तयारी नजुटेको भन्दै स्थगित भएपछि आज बस्ने निर्णय गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने जनाएको छ ।

प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने भनि पटक–पटक मन्त्रिपरिषद्को बैठक बसेपनि सरकारले अहिलेसम्म तोक्न सकेको छैन्। प्रमुख दलहरूसँगको परापमर्शपछि आज बस्ने बैठकले सातै वटा प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने अन्तिम तयारी गरेको छ। प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा आन्दोलन चर्किदै गएपछि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेको हो । सरकारले विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ।

सरकारले संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेको हो । बालुवाटार स्रोतका अनुसार प्रदेश २ र ५ मा मधेसवादी दलको सिफारिशमा प्रदेश प्रमुख नियुक्त हुनेछन्।

उनीहरुले अहिलेसम्म नाम पठाइसकेका छैनन्। कांग्रेसले बाँकी ५ प्रदेशमा प्रमुख बनाउने भएको छ। स्रोतका अनुसार प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित