कांग्रेसमा भाँडभैलो, पौडेलले गरे विरोध

काठमाडौं । नेपाली कांग्रेसकका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सदस्यहरूले विधानविपरीत गठन भएको संसदीय समितिको बैठकमा सहभागी नहुने निर्णय गरेपछि कांग्रेसमा भाँडभैलो मच्चिएको छ । विवादसँगै कांग्रेसभित्र राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन कुन निकायले गर्ने भन्नेबारे अन्योल भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान बोलाएको शीर्ष बैठकमा पौडेल पक्षले संसदीय समिति विधानसम्मत नभएसम्म आफूहरू बैठकमा उपस्थित हुन नसक्ने निर्णय सुनाएका थिए । देउवाले विधानविपरीत १७ जनाको संसदीय समिति बनाएका छन् । समितिमा आफ्नो पक्षको बहुमत पुर्‍याउन उनले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य राखेका हुन् ।

विधानअनुसार समितिमा हाल रहेका तीन पदाधिकारी र ८ सदस्य मात्रै हुनुपर्ने हो । ११ सदस्यीय हुनुपर्नेमा देउवाले १७ सदस्यीय बनाएपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित