प्रदेश ५ को मुख्य मन्त्री बन्दै पोखरेल

नेकपा एमालेल प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेललाई चयन गरेको छ । प्रदेश ५ का सदस्यहरुले पोखरेललाई चयन गरेका हुन् । संसदीय दलको नेतामा चुनिएसँगै पोखरेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। नेकपा एमाले र नेकपा माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्य मन्त्री बनाउने सहमति निर्वाचन अघि नै भएको थियो।

पोखरेलले अब प्रदेश प्रमुखलाई बहुमत आफ्नो पक्षमा रहेको पत्र दिए लगत्तै उनी मुख्यमन्त्री घोषित हुनेछन्। उनले तीस दिन भित्र प्रदेश सभामा आफ्नो पक्षमा बहमुत सिद्द गर्नुपर्नेछ।

अन्य प्रदेशमा भने एमाले भित्रै संसदीय दलको नेता चयनमा विवाद छ। प्रदेश नं १ र प्रदेश नं ३ मा एमालेको एकल बहुमत छ। यस्तोमा संसदीय दलको नेता चयन भए मुख्यमन्त्री बन्ने निश्चित हुनेछ।

तर दुवै प्रदेश एमाले स्थायी समितिको निर्णय कुरिरहेका छन्। प्रदेश १ मा भीम आचार्य र शेरधन राई संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने दाउमा छन्। त्यस्तै प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डै दुवै संसदीय दलको नेता बन्न चाहेका छन्।

संविधानको धारा १६८ को (१) मा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित