सचिवहरुले नै अवकाश रोज्दा समस्या बढ्ने संकेत

काठमाडौं । संघीयतासँगै मुलुकमा यतिबेला सरकारी कर्मचारीहरुको खाँचो परेको छ । सरकारले कर्मचारी कसरी पूर्ति गर्ने भन्ने बारेमा अझै ठोस निर्णय गर्न सकेको छैन । प्रदेश प्रमुखहरु सम्बन्धित कार्यालयमा पुगिसक्दा पनि त्याहाँ आवश्यक कर्मचारी पुग्न सकेका छैनन् । तर, सचिवहरुले नै स्वेच्छिक अवकाश दिन निवेदन दिएपछि कर्मचारीको आवश्यकता झन बढ्ने भएको छ ।

समायोजनमा जान नचाहने कर्मचारीका लागि सरकारले खुलाएको स्वेच्छिक अवकाश योजनामा सचिवले नै निवेदन दिएका छन् । २५० कर्मचारी रहेको संसद सचिवालयमा सोमबारसम्म एक दर्जनभन्दा बढीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

स्वेच्छिक अवकाशका लागि निवेदन दिनेमा सचिव हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्की समेत छन् । सोमबारसम्म १३ जनाले निवेदन दिएको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित