अन्नपूर्णमा अष्ट्रेलियन एजुकेसन फेयर—२०१८को आयोजना

ausanna

काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श तथा भिसा प्रकृयाको सेवा प्रदान गर्दै आईरहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा आज अष्ट्रेलियन एजुकेसन फेयर—२०१८ को आयोजना गरिएको छ ।

काठमाडौं दरबारमार्ग स्थित होटल अन्नपूर्णमा सुरु फेयरमा अष्ट्रेलियाका चाल्र्स स्टर्ट युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी, मक्वाईरी युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानिया, टरेन्स युनिभर्सिटी, स्टडी ग्रुप, सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी, युनिभर्सिटी अफ न्यू क्यासललगायतका १६ वटा प्रतिष्ठित युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहेको छ ।

एक्सपर्टका प्रबन्ध निर्देशक खेम संग्रौलाका अनुसार परामर्श तथा जानकारीका लागि फेयरमा सहभागि कलेज तथा युनिभर्सिटीका उच्च पदस्त प्रतिनिधिहरुको उपस्थित हुनेछ । एउटै छानामुनी छोटो समयमा विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सक्ने भएकाले अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि फेयर निकै लाभलायी हुने देखिएको छ । जुलाई इन्टेक सम्वद्ध अन्तिम फेयर भएका कारण विद्यार्थीहरुले उच्च महत्वका साथ सहभागिता जनाउने विश्वास गरिएको छ ।

प्लस टु सकेका देखि ब्याचलर वा मास्टर्स सकेर मास्टर्स वाई रिसर्च र पिएचडि गर्न जान चाहने सम्मका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गर्न लागेको यस फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि आकर्षक गिफ्ट ह्वाम्परको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ । विद्यार्थीहरुको क्षमता अनुसार कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले स्कलरशिप पनि प्रदान गर्ने एक्सपर्टले जनाएको छ ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यलय रहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज्को नेपालका मुख्य शहरहरुमा १२ वटा शाखा कार्यलयहरु रहेका छन् । एक्सपर्टमार्फत हाल सम्म पच्चिस हजार भन्दा बढी विद्यार्थीहरुले सेवा लिइसकेका छन् । एक्सपर्टले यस प्रकारका एजुकेसन फेयर वर्षमा ३ वटाभन्दा बढी सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित