फुल्चोकीमा हराएका विद्यार्थी यसरी फेला परे

jontamang

ललितपुर। फुल्चोकीमा हाइकिङ जाँदा सात दिन अघि हराएका बालक जोन तामाङ भेटिएका छन् । उनी फुल्चोकीको जंगलमा फेला परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले वताए  । उनले भने -'हामीले फुल्चोकीबाट ल्याएर  बिएण्डबी अस्पतालमा पु-याएका छौँ ।' बालक सकुशल भेटिएकाले अरु विषयमा बिस्तारै अनुसन्धान हुने प्रहरीले बताएको छ ।

 थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको थियो । हुलियाका आधारमा तामाङ जस्तै व्यक्ति भेटिएको सूचनाका आधारमा अभिभावक संगठन, प्याब्सन र आफन्तले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए । तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली बिहीबार फुल्चोकी हाइकिङ गएका थिए । प्रधानाध्यापक ओली अहिले प्रहरी नियन्त्रणमा छन् । 

प्रतिक्रिया

सम्बन्धित