नेपाललाई दिंदै आएको अनुदान बढायो भारतले

काठमाडौं । भारतले नेपाललाई दिंदै आएको अनुदानको रकममा बृद्धि गरेको छ । भारतले नेपाललाई दिँदै आएको सहायतामा ७३ प्रतिशतले बढाएको हो । भारतले आफ्नो बजेटमार्फत सहायता रकममा बृद्धि गरेको हो । बिहीबार भारतीय वित्तमन्त्री अरुण जेटलीले त्यहाँको संसदमा पेस गरेको आर्थिक वर्ष २०१८÷१९ को संघीय बजेटमा नेपालले पाउने सहायता उल्लेख्य रूपमा बढाएको हो ।
भारतले यसपटकको बजेटमा ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) नेपालका लागि छुटयाएको छ । गत वर्ष नेपालका लागि भनेर ३ अर्ब ७५ करोड भारु (६ अर्ब रुपैयाँ० विनियोजन गरेको थियो । यस वर्ष प्रहरी एकेडेमीका लागि भनेर छुट्टै ११ करोड भारु पनि भारतीय बजेटमा विनियोजित छ ।
दक्षिण एसियामा नेपाल भारतीय बजेटबाट दोस्रो धेरै सहायता पाउने मुलुक छ । दक्षिण एसियालाई विनियोजित रकमको २० प्रतिशत रकम नेपालले पाएको छ । भारतबाट सबैभन्दा धेरै सहयोग भने भुटानले पाएको छ । भुटानले २६ अर्ब भारु सहयोग पाएको छ । यो दक्षिण एसियाको बजेटको ५६ प्रतिशत हो ।

प्रतिक्रिया

सम्बन्धित