प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँगको भेटेपछि भारतीय विदेशमन्त्री स्वराजको यसपटकको नेपाल भ्रमण सकिएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न मन्त्री स्वराज आफ्नो भ्रमण टोलीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् । उनको साथमा भारतीय विदेश सचिव, भारतीय राजदूत, विदेश मन्त्रालयका प्रवक्ता तथा नेपाल डेस्कका प्रमुख रहेका थिए ।

मन्त्री स्वराजले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग होटल सोल्टीमा छुट्टा–छुट्टै भेटवार्ता गरेकी थिइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरिन् । यस्तै उनले हिजा साँझ एमाले अध्यक्ष केपी ओलीसहितको एमाले टोलीसँग सोल्टीमै भेट गरेकी थिइन्। त्यहाँ उनले राजपाको टोलीलाई पनि भेटेकी थिइन्।

उनलाई प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिवाभोज दिएका छन् । स्वराज आज ३ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित