अझै जारी छ प्रादेशिक राजधानी आन्दोलन, आज वीरगन्ज बन्द

वीरगञ्ज । प्रदेश २ को राजधानी बनाउन माग राख्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । एक महिना अगाडी देखि प्रादेशीक राजधानी माग्दै सुरु भएको चरणबद्ध आन्दोलन अन्तर्गत घोषणा गरिए अनुसार आइतवार वीरगञ्ज बन्द गरिएको हो।

सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको छ । जनकपुरमा प्रदेशसभाको पहिलो बैठक बस्ने दिन पारेर आइतवार आन्दोलरत संघर्ष समितिले वीरगञ्ज बन्द गरेको हो।

बन्दकर्ताले बिहानैदेखि सडक अवरुद्ध पारेर सवारीसाधन चल्न दिएका छैनन् । शैक्षिक संस्था, बजार, ब्यपारिक प्रतिष्ठान र बितीय संस्थाहरु बन्द छन् । बन्दका कारण वीरगन्ज नाका भएर कुनै मालवाह सवारी वा इन्धन ढुवानी गर्ने ट्यांकर आउन सकेका छैनन् । घण्टाघर चोक लगायत ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ । बन्दको अवज्ञा गरेको भन्दै घण्टाघर र आदर्शनगर क्षेत्रमा बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित