५ लाख नगद र १६ तोला सुनसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । राजधानीलगायतका क्षेत्रहरुमा पछिल्लो समय अवैध हुण्डीको कारोबार मौलाइरहेको छ । प्रहरी संगठनको वेवास्तापन भनौं या तस्करहरुको नयाँ उपाय जे भने पनि अवैध हुण्डी कारोबारी मौलाउँदा घाटा हामी सबैलाई नै हो । गएराती एक जना पक्राउ परेसँगै हुण्डी कारोबार गर्ने गिरोह सक्रिय भएको पुष्टि हुन्छ । गएराती प्रहरीले काठमाडौं महानगरपालिका–२१, भोटेबहालबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा घर भइ कीर्तिपुर बस्दै आएका २५ वर्षीय आशिस कार्की छन् ।

महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले कार्कीलाई ५ लाख ६५ हजार रुपैयाँ नगद र १६ तोला सुनसहित पक्राउ गरिएको बताए । कार्कीलाई शनिबार बेलुकी पक्राउ गरिएको हो । कार्की सवार बा ८५ प ७६५८ नम्बरको मोटरसाइकललाई चेक गर्दा उनले बोकेकोे झोलाबाट उक्त रकम र सुन बरामद गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित