राष्ट्रपतिबाट चिकित्सा शिक्षा अध्यादेश जारी

काठमाडौं :

राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश जारी गरेकी छिन् । कात्तिक ६ गते मन्त्रीपरिषदले पास गरेको सो अध्यादेश राष्ट्रपतिबाट आज जारी भएको हो । अध्यादेश जारी गर्न ढिलाइ भएको भन्दै मेडिकल शिक्षाा सुधारका लागि पटक–पटक अनसन बस्दै आएका डा‍ गोविन्द केसीले पुनः अनसन बस्ने भनेर दवाव सृजना गरेपछि राष्ट्रपतिबाट आज अध्यादेश जारी भएको हो ।

सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसदको अन्तिम बैठकको कार्यसूचीमा राखेपनि विधेयक पास नभएपछि सरकारले डा। गोविन्द केसीसँग अध्यादेश ल्याउने सहमति गरेको थियो ।अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने उल्लेख छ ।

यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ ।अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन सकेन भने स्वत खारेज हुनेछ । अध्यादेश जारी भएपछि मनमोहन मेडिकल कलेज र नेशनल मेडिकल कलेजले सम्बन्धन पाउने बाटो बन्द भएको छ ।

अध्यादेश प्रमाणिकरणपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

२४ कार्तिक २०७४, शुक्रबार

आज मिति २०७४ साल कार्तिक २४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी गर्नुभएको छ ।

क्र. सं.                                अध्यादेशको नाम

१.                                    राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४

(कुलप्रसाद चुडाल) प्रवक्ता

प्रतिक्रिया

सम्बन्धित