पाँचौ पटक आहा १ रारा गोल्डकपको उपाधि नेपाल पुलिसको पोल्टामा, दर्शकलाई पनि स्कुटर

पोखरा । नेपाल पुलिस क्लबले १६ औं आहा रारा गोल्ड कपको उपाधि जितेको छ। शनिबार पोखरा रंगशालमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो। यससँगै पुलिसले पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ। पुलिसले उपाधिसँगै ७ लाख १ हजार पाएको छ ।

अघिल्लो हप्तामात्र मदन भण्डारी मेमोरियल गोल्डकप जितेको थ्रीस्टार भने उपबिजेतामै सिमित भएको छ । उपविजेता थ्रीस्टारले पनि ३ लाख ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ ।पुलिसको जितमा सब्स्टीच्यूट खेलाडी राम वाजीले निर्णायक गोल गरे । अभिशेक रिजालको सट्टामा ८३ औं मिनेटमा मैदान छिरेका वाजीले थपिएको कुल २० मिनेटको पहिलो हाफको ईञ्जुरी समयमा गोल गरेका हुन् ।
यसअघी निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि २० मिनेटको समय थपिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रवि पासवान बने । उनले हिरो स्कुटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता पुलिसका सुमन लामा र हृयाट्रिककर्ता थ्रीस्टारका विश्वास श्रेष्ठ बने ।
उत्कृष्ट स्ट्राइकरमा थ्रीस्टारका विश्वास श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल वल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी, उत्कृष्ट गोलकिपरमा पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा भए । त्यस्तै, अनुशासित टिममा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लव धनगढी पुरस्कृत भए । उनीहरुलाई जनही १५ हजारसहित ट्रफी प्रदान गरियो ।
यसैबीच भाग्यमानी दर्शक उज्वल पोखरेललाई हिरो स्कुटर प्रदान गरिएको छ । प्रतियोगिता अवधीभर टिकट काट्ने दर्शकहरुमा गरिएको लक्की ड्रमा कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक भलाबोट निवासी केसी बिजेता बनेका हुन् । उनलाई स्कुटर हस्तान्तरण गरिएको थियो । अर्का भाग्यमानी दर्शक रामबजारका हरिबहादुर कार्कीले एलजीको २१ ईञ्चको कलर टिभी प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित