विद्यार्थीहरुको तनाव कम गर्न मोदीले लेखे किताब

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किताब लेखेका छन् । ‘एक्जाम वारियर्स’ नाम दिइएको किताब लेख्नुको उनको उद्देश्य वार्षिक परीक्षा दिने विद्यार्थीहरुलाई तनावबाट मुक्त गर्ने हो ।विगत तीन वर्षदेखि बोर्ड परीक्षाको ठीक अगाडि मोदीले हरेक वर्ष विद्यार्थीहरुलाई तनाव मुक्त रहनका लागि मनका कुरामार्फत् सन्देश दिँदै आएका छन् । उनले यसअघि ‘विकास’ र ‘राम्रो दिन’ को मन्त्र दिइसकेका छन् ।

तर यसपटक विषयबस्तु अलि फरक छ । प्रधानमन्त्री पदमै रहेको बेला किताब लेख्ने मोदी भारतको पहिलो प्रधानमन्त्री हुन् । तर मोदीले किताब लेखेको पहिलो पटक भने होइन । यसअघि उनले ‘ज्योती पुञ्ज’, ‘सोशल हार्मनी’, ‘इण्डियाज सिंगापुर स्टोरी’ जस्ता किताबहरु लेखिसकेका छन् ।

यस वर्ष बोर्ड परीक्षाको पूर्वसन्ध्यामा शनिबार उनको नयाँ किताब ‘एक्जाम वारियर्स’ बजारमा आउँदै छ । पेन्गुईन पब्लिकेशनले यो किताब छापेको हो । –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित