राष्ट्रपति भण्डारीको हातबाट पूर्व राष्ट्रपति यादव सम्मानित

यादव ‘जन–आन्दोलन स्वर्ण पदक–२०७४’ बाट विभूषित काठमाडौं पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई ‘जन–आन्दोलन स्वर्ण पदक–२०७४’ बाट सम्मानित गरिएको छ । स्वर्गीय नेता गणेशमान सिंहको १०३ औं जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति डा. यादवलाई अभिनन्दन गरेको हो ।गणेशमान फाउण्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा. यादवलाई अभिनन्दनसहित विभूषित गरेकी हुन् । यसैबीच जयन्तिको अवसरमा २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको शालिकमा माल्यार्पण गरिएको छ । कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व।सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । स्व. सिंह त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्ने नेता भएको पनि बताए । स्व. सिंहका छोरा समेत रहेका उनले मुलुकमा विवादित भएका कम्युनिस्टलाई एक ठाउँमा ल्याउन गणेशमान सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई राष्ट्र निर्माणको महत्वपूर्ण अवसरको रुपमा लिन आम मतदातालाई आहृवान गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित