पराजयपछि देउवासँग वार्गेनिङ गर्दै पौडेल र कोइराला

main news photo_1

काठमाडौं । प्रदेश र प्रतिनिधिसभामा लज्जाजनक हार बेहोरेको नेपाली कांग्रेस भित्रको कलह झन बढ्दो छ । पराजयको कारण खोज्न र समिक्षा गर्नको लागि पार्टीको सबैभन्दा उपल्लो निकाय केन्द्रीय कार्य समिति बैठक बोलाउन सकिएको छैन् । दुई साताअघि बोलाइएको केन्द्रीय कार्य समिति बैठकमा समेत निर्वाचनको समिक्षा हुन सकेन ।

 पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनको गृहकार्यमा सरकार लाग्नु परेको, उम्मेदवार चयन गर्नु पर्ने भएकोले निर्वाचनको समिक्षा पछि गर्ने भन्दै बैठक स्थगित गरेका थिए ।पराजयको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनु पर्ने भन्दै असन्तुष्ट नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमा अभिब्यक्ति दिइसकेका छन् ।

 असन्तुष्ट नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का, देउवा गुटकै विमलेन्द्र निधिले पनि आफ्नो सल्लाह अनुसार सभापति नचलेकोले निर्वाचनमा सकारात्मक परिणाम ल्याउन नसकिएको भनेर गुनासो गरेका छन् । निर्वाचनको मत परिणामलाई लिएर सबैले बिरोध गर्न थालेपछि युवा नेताहरुले पनि नेतृत्व परिवर्तनको एजेण्डा लिएर असन्तुष्टी व्यक्त गरेका छन् ।

 सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको जतिसुकै विरोध गरेपनि सबै नेताको उद्देश्य आफूलाई साथ नलिए असहयोग गर्ने चेतावनी दिन थालेका छन् । दुई बर्षअघि भएको पार्टीको १३ औं महाधिवेशनमा संस्थापन पक्ष छोडेर तेस्रो धारको नेतृत्व गरेका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाकै कारण आफू पराजित भएको निष्कर्ष निकालेका नेता पौडेल महाधिवेशनमा पराजित भए पनि भातृ संस्थाको महाधिवेशनमार्फत त्यसको प्रतिशोध र पराजयको घाउ सेकाउने मनस्थितिमा थिए ।

  तर, कांग्रेसको प्रभावशाली संगठन नेपाल बिद्यार्थी संघको महाधिवेशनमा सिटौला प्यानलले नै महामन्त्रीसहित अधिकांश सिटमा जित हासिल गर्नु, महिला संघको महाधिवेशनमा पौडेल प्यानलबाट एकजना बाहेक सबै सिटौला प्यानलले जितेको घटनाबाट पौडेल तर्सिएका थिए । त्यसैले पौडेल नेपाल तरुण दलको महाधिवेशनमा देउवा प्यानलसँग वार्गेनिङ गरेर निर्वाचन वा मतदानबाट नेतृत्व चयन गर्दा विबाद बढेको भन्दै सर्बसम्मतको नाममा आफ्ना विश्वास पात्र भूपेन्द्रजंग शाहीलाई महामन्त्री बनाउन सफल भएका थिए ।

 पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा पराजय बेहोरेपछि उम्मेदवारी चयनदेखि निर्णायक तहमा बस्ने सबै शीर्ष नेताले जिम्मेवारी लिनु पर्छ भन्ने आवाज यूवा नेताले उठाएपछि पौडेल फेरी देउवासँगको प्रतिष्पर्धाबाट पछि हटेर बार्गेनिङमा उत्रिएका हुन् । पार्टी सभापति देउवाले पार्टीको बिधान विपरित संसदीय वोर्ड गठन गरेको, केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको र एकलौटी ढंगले निर्णय गरेको भनेर पौडेल गुटले आरोप लगाएको थियो ।

 तर, पौडेलको त्यो आरोप प्रमाणित हुन नपाउँदै देउवा प्यानलका नेताहरुले ति सबै निर्णयको साक्षी किनारामा नेता पौडेलपनि सहभागी छन् भनेपछि पौडेल तर्सिएका थिए । पछि पौडेल आफूलाई पार्टीको राजनीति प्राणभन्दा प्यारो छ भनेर राजनीतिबाट विश्राम नलिने घोषणा गर्न वाध्य भएका थिए । देउवाको बिरोध धेरै गर्दा सिटौलाहरु पुनः देउवासँग मिल्ने हुन कि भन्ने भयले पौडेलले देउवाका हरेक निर्णयमा समर्थन जनाउन थालेका थिए ।

 बिधान बिपरितको संसदीय वोर्ड बनाउने देउवाले बोलाएको बैठकमा जान्न भनेर सार्वजनिक रुपमा र पार्टीका शीर्ष नेतासँग कसम खाएका पौडेलले सिटौलालाई बैठक बहिस्कार गर्न लगाएर आफू भने केन्द्रीय कार्य समिति र संसदीय वोर्डको बैठकमा निर्धारित समय भन्दा चाँडो पुगेका थिए । सिटौलाले देउवासँग सम्वन्ध सुधारे भने आफ्नो भाग्य खोसिने त्रास बोकेका पौडेल यतिवेला देउवाको ‘एस मेन’ भएका छन् ।

   पौडेलको यस्तो दोधारे नीति र शैलीबाट कोइराला परिवारका सदस्य पनि यतिबेला पौडेलसँग आजित भएका छन् । पौडेलको बिश्वास र भर नगर्नुस भनेर महामन्त्री सशांक कोइरालाले पनि देउवासँग सहमति गरेका छन् । पौडेल, सिटौला, खुमबहादुरहरुले आफूँसँग वार्गेनिङ गरेर हैरान पारेको भन्दै आफ्नो पद जान लागेको र महाधिवेसनमा पनि पराजित हुने हो कि भनेर डराएका देउवालाई बीपी पुत्र सशांकले ढाडस दिएका थिए । देउवाले पनि पार्र्टीको नेतृत्व आफ्नो शेखपछि तपाईँलाई नैं दिन्छु भन्दै डा. शसांकलाई आश्वस्त तुल्याएको बालुवाटार सोत बताउँछ ।

 उता, देउवालाई आफ्नै गुटको विवाद मिलाउन पनि समस्या छ । मधेशको मसिहा र भारतसँगको सम्बन्धको सेतु भएको दाबी गर्ने विमलेन्द्र निधि र खुमबहादुर खड्का पनि देउवासँग सन्ुतष्ट छैनन् । दुवैले पार्टीको उपसभापतिमा आशा गरेका छन् ।

 तर, महामन्त्री डा. शसांकले भने आफूलाई भावी उपसभापति र कार्यवाहक सभापतिमध्ये एउटा पद दिने भए देउवाको समर्थनमा खुल्ने सम्मको प्रस्ताव राखेका थिए । त्यसका लागि सशांकले सुजातालाई महामन्त्री वा उपसभापति दिनु पर्ने बताएका थिए भने देउवाले पनि आरजुलाई केन्द्रीय सदस्यमार्फत महामन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

 दुवै नेताबीच एक अर्कालाई सहयोग र समर्थन गर्ने सहमति भएपछि यतिवेला खड्का र निधि भने तनावमा परेका छन् । सिटौला भने पुरानो संस्थापन पक्षको बलमा पार्टीको नेतृत्व हत्याउने योजना र रणनीतिमा लागेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित