प्रचण्डले फड्को हान्छु भन्दा खाल्डोमा पर्न सक्ने भन्दै योगेशले दिए चेतावनी

prayogesh

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलेको पछिल्लो अभिव्यक्तिप्रती एमाले नेता योगेश भट्टराई कडा आपत्ति जनाएका छन् । 

 एमाले नेता योगेश भट्टराईले झस्किएको शैलीमा ट्वीट गरेका छन् । प्रचण्डले हिजो चितवनमा आयोजित एक कार्यक्रममा भनेका थिए ‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फडको मार्न सक्छु । मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।’

 यही अभिव्यक्तिपछि एमाले नेता भट्टरार्इले ट्वीट गर्दै फड्के हान्दा खाल्डोमा पर्नेसक्ने चेतावनी दिएका छन् । उनले भनेका छन् 'अचानक फड्को हान्दा बिचैमा खसेर बेहाल पनि त हुनसकिन्छ नि कि कसो कमरेड रु फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु उपन्यासकार तिर पन्छाइदिए राम्रो होला कि?'पार्टी एकीकरणको बेलामा आएका यी दुई अभिव्यक्तिहरुले कतै एमाले र माओवादीको बीचमा तिक्तता सुरु भएको त छैन रु भन्ने आशंका धेरैमा उब्जिएको छ ।

yoge

प्रतिक्रिया

सम्बन्धित