घिमिरेले पाए कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी

nabinghimire

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले पाएका छन्  । 


उनी विसं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए । घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विसं २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका दीप बस्न्यातले उमेरहदका कारण मंगलबारबाट अवकाश पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित