समानुपातिकको मतपरिणाममा एमाले भन्दा झिनो मतले कांग्रेस पछाडि

काठमाडौँ । प्रत्यक्ष निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेसले समानुपातिकमा भने अगाडि आएको छ । अहिले बिहानको परिणाम अनुसार नेकपा एमाले भन्दा कांग्रेसको मत ४७ हजार १८७ मात्रै कम रहेको छ।

निर्वाचन आयोगका अनुसार एमालेले ३१ लाख ६१ हजार ४२८ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख १३ हजार २४१ मत पाएको छ। समानुपातिकमा एमाले भन्दा झिनो मतले मात्रै कांग्रेस पछाडि देखिएको छ। उता प्रत्यक्ष तर्फ भने एमाले ८० सिट जितेको छ भने कांग्रेसले २३ सिट मात्र जितेको छ।

नेकपा माओवादी केन्द्रले १२ लाख ९६ हजार ४८ मत प्राप्त गरेको छ। उसले प्रत्यक्षमा ३६ स्थानमा जित हासिल गरेको छ। प्रत्यक्षमा कांग्रेसले भन्दा बढि सिट जितेको भएपनि समानुपातिकको मतपरिणामका कारण माओवादी केन्द्र तेस्रो दल हुने भएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित