मध्यममर्स्यांदी जलविद्युत केन्द्र १० दिन बन्द हुने

madya-masrangdi

काठमाडौं । मध्यममर्स्यांदी जलविद्युत केन्द्र मर्मतका लागि सातदेखि १० दिन बन्द हुने भएको छ । ७० मेगावाट जडित क्षमता रहेको उक्त केन्द्रको बाँधको बायाँतर्फको भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतका लागि फागुन १० गतेबाट बन्द गर्न लागिएको हो ।
मध्यममर्स्यांदीको विद्युत् उत्पादन बन्द भए पनि यसका कारणले उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तर, यसका कारणले कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत् आपूर्ति कहीकतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारेका छन् ।

घिसिङले भने–‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत् गृह पूर्ण क्षमतामा चलाउनेलगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं ।’ उनका अनुसार, कुलेखानी जलाशयमा पानीको सतह १५२१।९८।मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा भन्दा करिब ३।८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

मध्यमस्र्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले कटान गर्दा पहिला बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित