ओली र प्रचण्डलाई प्रसाइँको डिनर : गोविन्द केसीलाई ठुलो झट्का

prasaidinar

काठमाडौं । मेडिकल कलेज सञ्चालकको घरमा आईतवार एमालेका अधयक्ष एवम् प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच डिनरसहितको वार्ता भएपाछि सामाजिक सन्जालमा विभिन्न खालका टिका टिप्पणी हुन थालेका छन् ।

भक्तपुरको ठिमीस्थित मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाइँको घरमा ओली र दाहालबीच चार घण्टा वार्ता भएको हो । वार्ता भएपनि सहमति भने हुन सकेन ।

ओली र दाहालले मेडिकल कलेज सञ्चालक प्रसाइँसँगै खाना खाएको सार्वजनिक भएको तस्बिरमा उल्लेख छ । ओलीले चम्चाले खाना खाएका छन् । प्रचण्डले हातले खाना खाएका छन् ।

प्रसाईं बिर्तामोड झापाको बि एण्ड सी अस्पतालका सञ्चालक हुन् । प्रसाईं सशस्त्र युद्धदेखि नै माओवादी केन्द्रसँग नजिक छन् । प्रसाइँको प्रचण्डसँग निकट सम्बन्ध छ । प्रकाश दाहालको लाजिम्पाटस्थित निवासमा निधन हुँदा चुनावी कार्यक्रमका क्रममा प्रचण्ड झापामा उनै मेडिकल व्यवसायी प्रसाइँको आतिथ्यमा बी एण्ड सी मेडिकल कलेजको गेष्ट हाउसमा बसेका थिए ।

पछिल्लो समय २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रसाईंको अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिने प्रक्रिया अघि बढाएका थिए ।

ओली प्रधानमन्त्री हुनुअघि ललितपुरको मानभवनस्थित व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा दुई नेताबीच गोप्य छलफल हुन्थ्यो । ओली प्रधानमन्त्री भएपछि छलफलका लागि प्रचण्ड शनिबार उनको निजी निवास पुगेका थिए । आइतबार भने दाहाल र ओलीले छलफलका लागि प्रसाईंको घर रोजेका हुन् । प्रसाइँको घरमा ओली र दाहालबीच डिनरसहितको वार्ता भएसंगै गोविन्द केसीलाई झट्का पुगेको सहजै अनुमान गर्न सकिन्छ। किनकी  बि एण्ड सी मेडिकल कलेजको  सम्वन्धन उनै केसीले रोकेका थिए भने प्रसाईलाई केसीले माफिया भन्दै आएका छन् । हिजोको डिनरसहितको वार्ता पछि केसी भने केही बोलेका छैनन। 

प्रतिक्रिया

सम्बन्धित