सिरियल किलर पुन भारतबाट पक्राउ

काठमाडौं । विगत दुई वर्षदेखि राजधानीलगायत देशको पश्चिम क्षेत्रमा अपरहरण,हत्या र फिरौती आतंक मच्चाउँदै आएका सिरियल किलर मनोज पुनः भारतको गोवाबाट पक्राउ  परेको समाचारले सनसनी मच्चिएको छ  । सिआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले भने पुन पक्राउ परेको बिषयमा आफुलाई थाहा नभएको वताए । 

 नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि नेपाल प्रहरी उनलाई पक्राउ गर्न सक्रियताका साथ खटेको थियो । हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएका पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) बाट खटेको टोलीले पक्राउ गरेको स्रोतले वतायो  । तर, अहिलेसम्म पुन पक्राउको बारेमा प्रहरीले जानकारी दिएको छैन । 

एक साता अघि नै पुन पक्राउ परेको भए पनि उनलाई अझैै नेपाल ल्याइएको छैन ।  समिरमान बस्नेत पक्राउ परेको दुई महिना पछि बस्नेतकै पार्टनर पुन अहिले पक्राउ परेको स्रोत वताउँछ  । 

 । करिव ३ महिनादेखि भारतमा रहेको सिआईवीको टोलीले उनलाई पक्राउ गरेको हो । बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समूहले काठमाडौंमा बस्नेत समूहसँग मिलेर अध्यक्ष गौचनको हत्या गरेको थियो । त्यस्तै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र काठ व्यापारी बलु पौडेलको हत्यामा पनि पुनको संलग्नता रहेको छ ।  


एक पछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न पुनलाई अहिले प्रहरीले पनि सिरियल किलरको रुपमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित