बैंक माफिया नै आर्थिक समस्यामा

nbmafiaकाठमाडौं । बैकिङ माफियाका रुपमा परिचित एनबी ग्रुपका संस्थापक लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठ पछिल्लो समय समस्यामा परेका छन् । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा रहेको संस्थापक शेयर बेच्न एनबी ग्रुप सम्भावित लगानीकर्ताको ढोका चाहर्न पुगेसँगै श्रेष्ठ दाजुभाई आर्थिक समस्यामा परेका हुन् ।

 कर्जा सुचना केन्द्रको कालो सुचीमा परेका कारण संस्थापक शेयरमा हकप्रद भर्न नपाउने भएपछि एनबी ग्रुपले आफ्नो नाममा रहेको करिब ७० लाख कित्ता शेयर बिक्री गर्न सम्भावित लगानीकर्ता खोज्दै हिडेको हो ।
बैंकले १ प्रतिशतभन्दा बढी संस्थापक शेयर भएका लगानीकर्तालाई हकप्रद शेयर बापतको रकम अग्रिम दाखिला गर्न माघ ५ गते सूचना जारी गरेको थियो । एनबी ग्रुपले उक्त समायावधिभित्र आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका निम्ती नागरिक लगानीकोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, गैरआवासीय नेपाली लगायत समूहगत लगानीकर्ता एंव ठूला व्यवसायी प्रतिष्ठानहरुलाई अनुरोध गरेको थियो ।
२ सय १० रुपैयाँ प्रतिकित्ता मूल्य कायम गरिएको उक्त शेयर खरिद गर्न धेरैले चासो नदेखाएपछि एनबी ग्रुप समस्यामा परेको छ । एनबी ग्रुप कै अनुरोधमा बैंकले अग्रिम रकम दाखिलाको समयलाई फागुन ३० गतेसम्म म्याद थप गरेको छ । यो अवधिभित्र जसरी पनि शेयर बेच्नका निम्ती एनबी ग्रुपका सञ्चालक दौडाहामा छन् । तर, थपिएको यो समयमा पनि शेयर विक्री हुने अवस्था देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित