मिसेज नेपाल रजनीकाे ‘शायद म आकाश भैदिएको भए...’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । मिसेज नेपाल–२०१३ की विजेता रजनी थापाको अभिनय रहेको ‘शायद म आकाश भैदिएको भए तिमीलाई बादल बनाई दिन्थेँ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा थापालाई कृष्ण राईले साथ दिएका छन् । गायिका अन्जु पन्तको स्वरमा सजिएको उक्त गीत अमेरिकामा छायाँकन गरिएको हो ।

गीतमा सिएल शर्माको संगीत र सरिता पन्तको शब्द रहेको छ । उनकै निर्देशनमा बनेको उक्त म्यूजिक भिडियोमा मोडल रजनीको आकर्षक पहिरन र अभिनय देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=VQXMcOjHdl0

 

प्रतिक्रिया

सम्बन्धित