ब्रिटिस र डिएभी स्कूल राज्यको नियन्त्रण बाहिर,महानगरका कर्मचारी नै अचम्ममा

britishschool

ललितपुर।  ललितपुरका दुई ठूला स्कूलहरुकर छली मात्र नभई  राज्यको नियन्त्रणबाहिर रहेको खुलेको छ । सोमबार ललितपुर महानगरपालिकाको टोलीले यि दुई  स्कूलको अवस्था देख्दा अचम्ममा परेका थिए  ।

 नियमित अनुगमनको क्रममा ब्रिटिस विद्यार्थीहरुको लागि लक्षित गरेर स्थापना गरिएको ललितपुर सानेपा स्थित ब्रिटिस स्कूल र भारतीयको धेरै लगानी रहेको डिएभी सुशील केडिया विश्व भारती स्कूलमा पुग्दा ललितपुरका अनुगमन टोली अचम्ममा परेको हो ।

न त नक्सा पास गरेर भवन निर्माण गरेका न त कुनै कर नै तिरेका । ललितपुर महानगरभित्र शिक्षण संस्था सञ्चालन गरिरहेका ती विद्यालयहरुले महानगरपालिकाको अनुमतिको परैको कुरा त्यहाँबाट भवन निर्माण गर्दा निर्माण सम्पन्न प्रमाणपत्र समेत लिएका छैनन् ।

ललितपुर महानगरपालिकाका अनुसार सानेपा स्थित ब्रिटिस स्कूल ३४ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालय प्रशासनले प्रमाण पेश गरेको थियो । तर, सो विद्यालय रहेको ठाउँमा श्रीधरशम्शेर राणाको नाममा रहेको ३ रोपनी बाहेक अरु जग्गा र घरको समेत कर नतिरेको भेटिएको छ । त्यहाँ ६ वटा विद्यालय भवन रहेकोमा कुनैपनि भवनको नक्सापास समेत नभएको महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, जावलखेल स्थित सुशील केडिया स्कूल ३० रोपनी जग्गामा फैलिएको प्रमाण विद्यालय प्रशासनसँग थियो । जसमा ८ वटा विल्डिङ बनाईएको छ । तर, एउटा पनि भवन नक्सा पास गरेर नबनाईएको भेटिएको छ भने मानभवन स्थित एभिएम स्कूलले पनि कर छलि गरेको भेटिएको छ । १३ रोपनी क्षेत्रफलमा फैलिएको सो विद्यालयमा रहेका ९ वटा विद्यालय भवनहरु पनि नक्सापास नै नभई सचालनमा आएको भेटिएको हो ।

महानगरपालिकाका आर्थिक समिति संयोजक रविन्द्र महर्जनले महानगरपालिकाले अबको केही दिनमा नै महानगरपालिकाले पत्र पठाउने भन्दै तत्कालै विवरण बुझाउन र कर तिर्न निर्देशन दिईएको छ । यो वर्ष कर वर्षको रुपमा विशेष रुपमा मनाईएकोले यो वर्ष कसैलाई पनि कारबाही नगर्ने नीति महानगरपालिकाको छ । 

प्रतिक्रिया

सम्बन्धित