देउवाको पहलमा प्लाटुन कमाण्डरसहित माओवादीका सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश
नेपाली काग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङका अनुसार सो अवसरमा पुर्वका विभिन्न जिल्लाका डेढ सय बढी माओवादी कार्यकर्ता माओवादी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य तथा तेह्रथुमबाट प्रतिनिधि सभाकी प्रत्यक्ष उम्मेदवार सीता गुरुङले स्वागत गरेका थिए ।
सो अवसरमा हाल भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री रहेकी कांग्रेस युवा नेतृ गुरुङलाई प्रधानमन्त्री देउवाले सफलताको शुभकामना समेत दिए ।
नेतृ गुरुङ चुनावी प्रचार प्रसार र मतदाताका घरदैलोसम्म पुग्न विहीबार गृहजिल्ला आउँदै छिन् ।
प्रतिक्रिया