प्रदेश २ मा ४ मन्त्री र ३ राज्यमन्त्री थपिए

जनकपुर । प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिमण्डलमा ४ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । थपिएका मन्त्रीमा संघीय समाजवादी फोरमबाट ज्ञानेन्द्रकुमार यादव – आन्तरिक मामिला तथा कानून र शैलेन्द्र शाह –भुमी व्यवस्था कृषि तथा सहकारी रहेका छन् । त्यसैगरी राजपाका तर्फबाट नवलकिशोर शाह –सामाजिक विकास र रामनरेश राय – उद्योग पर्यटन वन तथा वातावरण रहेका छन्।

राज्यमन्त्रीमा भने तीन जना फोरमबाट मात्रै नियुक्त भएका छन्। मुख्यमन्त्री राउतले सरोज सिंहलाई आन्तरिक मामिला तथा कानून, योगेन्द्र यादवलाई भुमी व्यवस्था कृषि तथा सहकारी, उषादेवी यादवलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त गरेका हुन्। यता, राजपाले भने आन्तरिक विवादका कारण राज्यमन्त्रीको टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित