नवराज सिलवाललाई लाग्यो ठुलो झट्का,आफ्नै गाउँका एमाले नेताहरू कांग्रेसमा प्रवेश

ललितपुर । ललितपुर क्षेत्र नम्बर नं १ मा नेकपा एमालेले नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवाललाई प्रतिनिधि सभाको उम्मेदवार बनाएपछि पार्टीभित्र भाँडभैलो सुरु भएको छ ।

लामो समयदेखि सक्रिय भएका नेता तथा कार्यकर्ताको अवमूल्यन गरेर अध्यक्ष केपी ओलीले सिलवाललाई टिकट भएको भन्दै थुप्रै संगठित कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् । एमाले छाडेर उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

ललितपुर क्षेत्र नं। १ मा नेपाली कांग्रेसबाट युवा नेता उदयशमशेर राणाले उम्मेदवारी दिएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्रीय संयोजक तथा नेकपा एमाले संगठित सदस्य राजेन्द्र चालिसेसहितका दर्जनौँ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

चालिसेसँगै राप्रपाका पूर्वअध्यक्ष रामकुमार पहरी, सचिव विश्वनाथ नेपाल, वामपन्थी नेता धर्मराज थापा, एमाले बडीखेलका संगठित सदस्य राजन थापा, मधुसुधन चालिसे, प्रदीप चालिसे, सविन नगरकोटी, सानुभाई पहरी लगायतका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।कांग्रेसका उम्मेदवार राणाले उनीहरूलाई गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा प्रवेश गराएका हुन् ।पार्टी प्रवेश कार्यक्रम एमालेका उम्मेदवार सिलवालको घर नजिकै गरिएको थियो । सिलवालका कारण कार्यकर्ताहरूले धमाधम पार्टी छाड्न थालेपछि एमाले ललितपुर तनावमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित