प्रहरीद्धारा इयरगन सहित ६ थान बन्दुक बरामद्

जाजरकोट । प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिका–११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट भारी मात्रामा हतियारहरु बरामद गरेको छ । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए ।

अनुसन्धानका लागि शाहीका बाबुछोार चन्द्रबहादुर र नेत्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शाहीले हतियारका बारेमा अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित