प्रहरीमा किन हुन सकेन सईको बढुवा ?

काठमाडौं । नेपाल प्रहरीको जुनियर अधिकृत पद सई रअसई काम चल्ने तर अन्य केहि नचल्ने पदको रुपमा लिईन्छ । उनीहरुको बृध्दीविकास साथै सरुवामा न कसैलाई चासो हुन्छ न त बढुवामा नै। प्रहरी जवान देखि एआइजीसम्मको बढुवा भयो तर सईको बढुवा अझै हुन सकेको छैन । अझ प्राविधिक तर्फ कम्युटरमा कार्यरत सइ भने जागिरको १८ औं वर्षमा प्रवेश गर्दा पनि अझै शुरुको नियुक्तिको पद भन्दा माथी बढुवा हुने छाँटकाट नै छैन।

  १४ वर्षअघि सईमा बढुवा भएका प्रहरी कर्मचारी अझै उही पदमा छन्।०६० सालमा सेवा प्रवेश गरेका १ सय ७ जना सई मध्येबाट विए पास गरेका प्रहरी नियमावली-२०७१ अनुसार प्रहरी निरीक्षक पदमा बढुवा हुन चाहिने न्यूनतम शैक्षिक योग्यता र कुनैपनि कारवाहीमा नपरेका ७६ जना छन् । ०५७ , ०५८ सालमा बढुवा भएका करिब ४० सई बाँकी छन् । ती द्वन्द्वकालमा जागिर छाडेर पछि फेरि जोडिएका हुन्। हालको अवस्थामा ९० जना जति बढुवा भए भने मुस्किलले २०६० साल सम्मको भ्याउछ। दवाबमा सई बढुवा हुदा ६०र ४० को स्थिति के हुन्छ भन्ने प्रश्न अझै अनुतरित छ ।

 प्रहरी संगठनको यस्तै समस्या समाधानका लागि नेपाल प्रहरीले दुई वर्षअघि एउटै पदमा १५ वर्ष काम गरेका प्रहरीलाई स्वतः बढुवा हुने प्रावधानसहितको प्रहरी नियमावली प्रस्ताव अघि बढाएको थियो । तर, बिभिन्न निकयको स्वार्थ हाबी हुँदा नियमावली अहिलेसम्म पारित हुन सकेको छैन । सशस्त्र प्रहरी बलमा २ वर्ष पहिलेदेखि नै एउटै पदमा १५ वर्ष काम गरेकालाई स्वतः बढुवा हुने प्रावधान छ । सशस्त्र प्रहरीमा अवकाश हुने पदमा ५ वर्ष अवधि पुगेका मानार्थ एक तह बढुवा पाउने प्रावधान पनि छ जुन नेपाल प्रहरीले हालसम्म पनि कार्यान्वयन गर्न सकेको छैन।

  कुनै कुनै गृहमन्त्री तथा आईजिपी को पालामा ४–४ बर्ष सम्म बढुवा नै नगर्दा त्यसले ति निमुखा सईहरुको करियर प्लानिङमा कती असर परेको छ भनेर छलफल समेत गरिएको छैन। प्रहरी नियमावलीले ६० प्रतिशत खुल्ला बाट र ४० प्रतिशत बढुवा बाट गर्ने भने पनि यो मापदण्ड हरेक बर्ष उब्जने अनि स्वतः सेलाउने गरेको छ।०५९ सम्मको ब्याज बढुवा भइसकेको छ ।’ ती अधिकारीले भने, ‘जवान देखि असईसम्म र इन्स्पेक्टरदेखि आइजीपीसम्म बढुवा भइसक्यो सईको मात्रै किन रोकियो ? प्रहरी नियमावलीले १० बर्ष सई दर्जामा रहीआएको सई इन्स्पेक्टर दर्जामा बढुवा हुन योग्य मानिने छ भनिएको छ ।

  तर ब्यवहारमा असईमा आएको दर्जाको ठूलो हिस्सा सईमा पेन्सन पकाउनु परेको छ । यसअघि २०७२ सालको अन्त्यतिर ८३ जना सइको बढुवा भएको थियो त्यतिबेला पनि कम्युटरका सइहरू छुटेका थिए।लामो समयसम्म अवरूद्ध बढुवा प्रक्रिया अहिले सुचारू छ तर पनि सइ भने सधै मारमा पर्ने गरेका छन । हाल इन्स्पेक्टर पदमा ९० दरबन्दी खाली छन् तर हालसम्म नेपाल प्रहरीको मेरुदण्डको रुपमा लिईने सई पदको सरुवा तथा बढुवाको कुनै सुरसार नै छैन।

प्रतिक्रिया

सम्बन्धित