चार जना बाहेक प्रतिनिधिसभाका सबै सदस्यहरुद्वारा शपथग्रहण

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका सदस्यहरुले शपथग्रहण गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

निर्वाचन भएको तीन महिनापछि संघीय संसद्का निर्वाचित सदस्यले शपथ लिएका हुन्। सांसदहरुले मैथिली, भोजपुरी, थारू, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दू र तामाङ भाषामा समेत शपथ लिए । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय रहेको छ ।

प्रतिनिधि सभाका सांसदमध्ये शेरवहादुर देउवा नेतृत्वको सरकारको सिफारिस रद्द गरी वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले मनोनित गरेका डा. युवराज खतिवडा, विमला पौडेल राई, रामनारायण बिडारी र कैलाली घटनामा मुख्य अभियुक्त रेशम चौधरी बाहेकले सबैले शपथग्रहण लिएका छन् ।

सपथमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत संसद भवन पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित