अब्बासीको कुटनीति सहि कि गलत ? विपक्षी दलका नेतालाई बेवास्ता

abbasideauwa

काठमाडौँ । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीले नेपालको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेतासँग नेपाल भ्रमणमा आइपुग्दा समेत भेटने कार्यक्रम तय गरेनन्  । जसलाई लिएर कुटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । 

 कुनै पनि देशको राष्ट्रप्रमुख तथा सरकार प्रमुख औपचारिक भ्रमणमा आउँदा विपक्षी दलको नेतालाई भेटने चलन हुन्छ ।

 तर, पाकिस्तानी प्रधानमन्त्रीले नेपाल भ्रमण गर्दा निवर्तमान प्रधानमन्त्री तथा काँग्रेस पार्टी सभापति शेर बहादुर देउवालाई भेट्ने समय नै नमिलाएको पाइएको छ । अब्बासीले  आज माओवादी अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर ११ बजे पाकिस्तान हवाई सेनाको जहाजमा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित