अमेरिका पुर्‍याएको ११औं शताब्दितका शिव–पार्वती र बुद्धका मूर्ति नेपाल ल्याइँदै

काठमाडौं । छिट्टै पैसा कमाउने लोभमा तस्करले अमेरिका पुर्‍याएका नेपालका दुई पुराना मूर्ति नेपाल फिर्ता ल्याइने भएको छ । मूर्ति नेपाल फिर्ता गर्ने सहमतिमा न्यूयोर्कस्थित कन्सुल जनरल मधुकुमार मरासिनी र मेट्रोपोलिटन कला संग्रहालयका अध्यक्ष डेलियल एन विसले हस्ताक्षर भएको छ ।

फिर्ता हुन लागेका मध्ये एउटा टंगालहिटी पाटनबाट हराएको उमा महेश्वरको मूर्ति हो भने अर्को यट्खाटोल काठमाडौंबाट हराएको बुद्धको पूर्णकदको मूर्त्ति हो ।

बुद्धको मूर्ति ११/१२ औं र शिव पार्वतीको मूर्ति १२/१३ औं शताब्दीमा बनेका मानिन्छन् । दुवै मूर्ति सन् ८० को दशकमा नेपालबाट हराएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित