भ्रष्टाचारीलाई ठेगान लगाउने प्रचण्डको उद्घोष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक भ्रष्टाचार बढिरहेको भन्दै यसलाई गठनबन्धन सरकारले ठेगान लगाउने बताएका छन् । संसद बैठकमा संबोधन गर्दै अध्यक्ष प्रचण्डले भने–‘देशमा भ्रष्टाचार सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको छ, भ्रष्टाचारी र ठगहरुलाई अब तह लगाउनु पर्छ ।’

नेपाललाई विकासको युगतिर अगाडि बढाएर विदेश गएका लाखौं नेपालीलाई स्वदेश फर्काउने भन्दै दाहालले प्रधानममन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न तयार रहेको बताउनुले राष्ट्रिय एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनमा सघाउने बताउनुले प्रतिपक्ष र सत्तापक्ष मिलेर अघि बढ्ने संकेत देखिएको उनले बताए ।

बैठकमा बोल्दै दाहालले चीन र भारतको बीच रहनु अभिषाप नभएर वरदान हुनुपर्ने बताएका छन् । उनले विगतका सामान्ती राज्यसत्ताले जनतालाई फुटाउनका लागि यो वा त्यो छिमेकी मुलुकको पक्षमा राख्ने गरेको उल्लेख गर्दै अव त्यो अवस्था नरहेको बताए । ‘हामी न भारतको न चीनको पक्षमा, हामी नेपालको पक्षमा, हामी दुवैसंग मिलेर आफ्नो देशको विकास गर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित