प्राधिकरणलाई झुक्याउने हरिमानको दाउ, एयर एशियाले गर्‍यो यस्तो चलाखी

airasia

 काठमाडौं । कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको एयर एसिया प्रालिको नेपालमा जनरल सेल्स एजेन्ट (जीएसए) लिने इन्सेन्टिभ ग्रुप अफ कम्पनीका अध्यक्ष हरिमान लामाले नयाँ चलाखी अपनाएका छन् । आफूले पैसा तिर्न नसकेपछि उनले नागरिक उड्डयन प्राधिकरणसँग सेटिङ मिलाई विदेशी कम्पनीलाई पैसा तिराउन कबोल गराएका छन् ।  

 स्रोतका अनुसार लामाकै सेटिङमा मलेसियाको अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनी एयर एशिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शूल्क वापतको तिर्न बाँकी रहेको बक्यौता तिर्ने कबोल गरेको हो । सोमबार काठमाडौं आएका एयर एशियाका प्रतिनिधि र नागरिक उड्डयन प्राधिकरणबीच उक्त सहमती भएपनि पैसा चुक्त हुनेमा शंका कायमै छ । पैसा तिराएर मात्र उडान भर्न दिनुपर्नेमा प्राधिकरणका महानिर्देशक र लामाको सेटिङमा पछि पैसा बुझाउने गरी अनुमति दिएपछि प्राधिकरणका महानिर्देशक नै शंकाको घेरामा परेका छन् ।

 एयर एसिया प्रालिको नेपालस्थित जीएसएका सञ्चालक लामा कालोसूचीमा परेपछि प्राधिकरणले साँवा र ब्याजसहित २६ करोड रुपियाँको स्टेटमेन्ट कम्पनीलाई पठाएको थियो । बक्यौता रकम नतिरे एयर एशियाको उडान बन्द गरिदिने उड्डयन प्राधिकरणको चेतावनीपछि मलेसियादेखि प्रतिनिधि आएर बाँकी रकम तिर्ने प्रतिवद्धता जनाइएको हो । 

 एयर एशियाले अप्रिलमा बाँकी बक्यौताको ४० प्रतिशत रकम तिर्ने र बाँकी रकम जुलाईसम्ममा चुक्ता गर्ने लिखित प्रतिबद्धता गरेको छ । तर, प्राधिकरण स्रोतले भने झुक्याएर एयर एसियाको उडान सुचारु गरी लामालाई जोगाउने खेल मात्र भएको दावी गरेको छ ।  मलेसियाबाट काठमाडौं र काठमाडौंबाट मलेसिया सिधा उडान गर्दै आएको उक्त कम्पनीले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको करिब ३ वर्ष यताको बक्यौता तिर्न बाँकी रहेको छ ।

 एयर एसिया एक्सले विमानस्थललाई २६ करोड रुपियाँ बक्यौता तिर्न बाँकी छ । एयर एसिया एक्सले काठमाडौंमा हप्तामा ४ वटा उडान भर्दैै आएको छ । विमानस्थलले एयर एसिया एक्सको नेपाली उडान बन्द गर्न सक्ने चेतावनीका साथ कम्पनीको मुख्यालय मलेसियाको कोलालाम्पुरमा फागुन ४ गते पत्र पठाएछि एयर एसियाका प्रतिनिधि नेपाल आएका हुन् ।

 लामाको समूहद्वारा सञ्चालित इन्सेन्टिभ ट्राभल्स एन्ड टूरले एयर एसियाको जीएसए लिएर नेपालमा वायु सेवा सम्बन्धी काम गर्दै आएको छ । समूहका अध्यक्ष लामासहित गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामा समेत कालोसूचीमा परेका छन् । उनीहरुलाई सूचना केन्द्रले गत मंसिर ३ गते कालोसूचीमा राखेको हो । कर्जा सूचना केन्द्रको सि.नं.५६८७ र कालोसूची नम्बर १०१०५ मा उनीहरुलाई कालोसूचीमा राखिएको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ 

प्रतिक्रिया

सम्बन्धित