राष्ट्रिय सभामा मनोनित तीन सदस्यले भोट हाल्न नपाउने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभाको स सदस्यमा मनोनित गरेका तीन सदस्यहरुले राष्ट्रपतिको निर्वाचनमा भने मतदान गर्न नपाउने भएका छन् । उनीहरुले आज पद तथा गोपनियताको सपथ लिए पनि निर्वाचन कार्यालयले राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि यसअघि नै मतदाता नामावली सार्वजनिक गरिसकेको हुँदा उनीहरुले मतदान गर्न नपाउने भएका हुन् ।

राष्ट्रिय सभाका जेष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलार्इ आज सपथ गराएकी हुन्। सर्वोच्च अदालतमा रिट परेपछि रोकिएको सपथ सर्वोच्चले रिट खाजेर गरेपछि आज सम्भव भएको हो । ओली नेतृत्वको सरकारले सरकारले राष्ट्रिय सभामा डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल रार्इलार्इ मनोनित गर्न सिफारिस गरेको थियो। तीनै जनाविरूद्ध परेको रिट सर्वोच्चले बुधवार खारेज गरेपछि उनीहरूको सपथको बाटो खुलेको थियो ।

तर, निर्वाचन आयोगले भने बाधा अड्काउ फुकाए राष्ट्रिय सभामा मनोनित तीन सदस्यले २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा भोट हाल्न पाउने जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति चुनावका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बाधा अडकाउ फुकाउका लागि आयोगसमक्ष अनुरोध गर्न सक्ने बताए।

‘कार्यालयले सिफारिश गरेर पठाए आयोगले मतदाता नामावलीमा छुटेकालाई पनि मत दिन सक्ने गरी बाधा अडकाउन फुकाउने व्यवस्था छ,’ प्रवक्ता ढकालले भने, ‘अन्य चुनावमा पनि कुनै मतदातालाई मताधिकारबाट आयोगले बञ्चित गर्दैन।’

प्रतिक्रिया

सम्बन्धित