भाषण नभई एक्सनमा उत्रन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री र मन्त्रीहरुलाई कठोर कदम चाल्न आग्रह गरेका छन् । संसद बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले जनताले झण्डै दुई तिहाई मत दिएर सरकारको हात बलियो बनाएको बताए । प्रधानमन्त्री ओलीलाई भ्रष्टाचार, अनियमिता गर्नेहरुविरु कठोर कदम चाल्न आग्रह गर्दै अध्यक्ष दाहालले भने–‘अब जनताले भाषण होइन, एक्सन खोजेका छन् ।’

बोक्सीको आरोपमा भएको कुटपिट, ८ वर्षीया बालिकामाथि भएको बलात्कारका घटना उल्लेख गर्दै दाहालले जनताले भाषण नभई दोषीमाथि कारबाही होस् भन्ने चाहेको बताए ।

केपी ओली सरकार बलियो अधिकारसहित र दुई तिहाइ नजिक रहेको बताउँदै दाहालले परिणाम देखाउने गरी काम गर्न सुझाव दिए । ‘सरकारले एक्सन लिन सुरु गरोस्, परिणाम देखाउन सुरु गरोस्, दोषीलाई जे गर्ने हो गरोस्, कठोर कदम चालोस्,’ उनको सुझाव थियो, ‘ऐन–नियममा के व्यवस्था गर्नुपर्ने हो गरोस्, जनताले सरकारबाट एक्सन नै खोजेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित