के भिजिट भिसाका बिदेशी नागरिकले मिडियाको बलमा नेपाली राजदुतलाई हप्काउन पाउँछन् ?

राजन आचार्य/ काठमाडौं ।  न्युज २४ टेलिभिजनको 'सिधा कुरा जनतासंग ' कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछानेलाई अर्का पत्रकार दिल निशानी मगरले गम्भीर प्रश्न गरेका छन्  । दिल निशानी मगरले रबि लामिछाने नेपाली नागरिक नभएको र उनको बारेमा राज्यले गम्भिर भएर सोच्नु पर्ने वताएका छन् ।

अरुलाई कानुन सिकाउने लामिछानेले आफैले नेपालको कानुनको धज्जी उडाउँदै गैर कानुनी काम गरेको दिल निशानीले आरोप लगाएका छन् । लामिछाने कानुनी रुपमा नेपाली नागरिक नभएको र उनको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथि प्रश्न उठाएको दिल निशानीको भनाई छ।

ठुला ठुला कानुनको ब्याख्या गर्ने लामिछाने नेपालमा भिजिट भिशामा बसेर  पत्रकारिता गरेको भन्दै उक्त कार्य गैरकानुनी भएको दिल निशानीले वताएका हुन । दिल निशानी भन्छन  -  'के थाहा  रवि लामिछाने अमेरिकाको गुप्तचर पो हुन् कि ? ।   अमेरिकी पासपोर्टधारीले मिडियाको बलमा नेपालको सुचना लिन पाउने कुनै अधिकार छैन।'  नेपालमा भिजिट भिशामा बस्दै आएका लामिछानेले बिभिन्न देशमा पुगेर नेपाली राजदुतलाई  मिडियाको आडमा जथाभाबी हप्काएर गैरकानुनी काम गरेको आरोप लगाए ।

दिल निशानीले  लामिछाने विरुद्ध  फेसबुकमा  स्टाटस लेख्दै भनेका थिए - अदालत र प्रहरी संगठनको नेतृत्व रवि लामिछानेले लिए जस्तो छ। एउटा निजी टेलिभिजनको माईक्रो फोन बुम उचारेर जसलाई पनि ठग, लुटेरा, हत्यारा र बलत्कारी घोषणा गर्दै हिँड्ने ?

लामिछानेले नेपाली नागरिकता त्यागी अमेरिकी नागरिकता लिइसकेको नेपाल बस्न गृहमन्त्रालयमा पेस गरिएका कागजातले प्रमाणित गरेका छन् । विदेशीले नेपाल प्रवेश गर्न वा यहाँ केही समय बस्न पर्यटक भिसा, नाता सम्बन्धको भिसा वा अध्ययनलगायत भिसा लिन सक्छन् ।यसका लागि नेपाल सरकारलाई डलरमै निर्धारित शुल्कसमेत बुझाउनु पर्छ । रवि पनि यस्तै हैसियतमा नेपाल बसिरहेका छन् ।उनले भक्तपुरमा बसोबास भएका दाजु हरिश्चन्द्र लामछिानको भाइका रुपमा गैर पर्यटकीय नातासम्बन्धी भिसा लिएका हुन् । गृह मन्त्रालयले उपलब्ध गराएको नेपाल बस्न विदेशी नागरिकले भर्नुपर्ने फारममा रविले आफ्नो पासपोर्ट नम्बर ५१२९६६९८१ र देशको नाम उल्लेख गर्नु पर्ने कोष्ठमा अंग्रेजी अक्षरको युएस लेखेका छन् ।साथै हश्चिन्द्र लामिछाने आफ्ना दाजु भएको नाता प्रमाणपत्र पनि राखेका छन् । नेपालीसँग बिहे गरेको विदेशी वा नेपालमा नाता सम्बन्धी भएकोले बस्ने चाहेमा सरकारले एक पटकमा बढीमा एक वर्षसम्मको स्वीकृति दिने गर्छ ।यसै प्रावधानअन्तर्गत रविले पनि सन २०१८ सेप्टेम्बरसम्म नेपाल बस्ने अनुमति प्राप्त गरेका छन् । गैर पर्यटक नातासम्बन्धी भिसा दुई प्रकारका छन् । एउटा नेपाल आएर बसेपछि एक वर्षसम्म आफ्नो मुलुक जान नपाउने र अर्को विदेशी मुलुकमा नातासम्बन्धी भिसा लिएर बसे पनि आफनो देशमा ओहोरदोहोर गर्न पाउने ।यसका लागि सरकाले दुई थरी शुल्क निर्धारण गरेको छ । एक वर्षसम्म नेपालमै बस्ने हो भने मासिक ५ का दरले जम्मा ६० डलर र आफनो मुलुकमा जाने आने सुविधा लिँदा जम्मा १२० डलर शुल्क लाग्छ ।रविले १२० डलर तिरी मल्टिपल भिसा लिएका छन् । नेपाली टेलिभिजनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी लोप्रियता कमाइरहेका रविको काम हेर्दा उनी साच्चै नेपाल र नेपालीको भलाईप्रति गम्भीर देखिन्छन् । उनको यो गम्भीरता सक्कली नै हो भने के उनी विदेशी नबनी नेपालमै फर्कन तयार होलान भनेर जनआस्था साप्ताहिकले खबर छापेको थियो ।दिल निशानिसँग पत्रकार डिबि बुढाथोकीले समसामयिक बिषयमा गरेको कुराकानीको भिडियो-https://www.youtube.com/watch?v=E4nJUT_trws

प्रतिक्रिया

सम्बन्धित