पूर्व अाईजीपी नै मिटरब्याजको धन्दामा,पवन सरिया र विज्ञान शर्मा पार्टनर ?

काठमाडौं । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्व महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई १३ पाना भराएको छ । आइजीपी अर्यालले भ्रष्टाचार गरी अकूत सम्पत्ति छानबिन गरेको आरोपमा उनीमाथि आयोगले छानविन थालेको छ ।अकूत सम्पत्ति आर्जनमा उनलाई आइतबार आयोगले बयान लिएको छ ।

 २०७३ फागुन १ मा अवकाश पाएका अर्यालले आफू बाहिर नदेखिई प्रशासन विभागका एआइजी वीरेन्द्रबाबु श्रेष्ठ, प्रबन्धका डीआइजी श्याम खड्का, प्रबन्धका डीएसपी जीवन श्रेष्ठ, हृदय थापा, तीलबहादुर कुँवरहरुलाई प्रयोग गरी भ्रष्टाचार गरेका थिए ।

  लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा विनाटेण्डर जामर मेसिन खरिददेखि गुणस्तरहीन डीएमएस बुट खरिद जस्ता केही उनले गरेका भ्रष्टाचारका उदाहरण हुन् । उनले एसएसपी हुँदासम्म नै अकूत सम्पत्ति आर्जन गरी हुन्डी कारोबारी पवन सरियाहरुलाई मिटर ब्याजमा करोडौैं रुपैयाँ लगानी गरेका थिए । पूर्वएआइजी विज्ञान शर्मामार्फत् उनले सरियालाई मिटर ब्याजमा रकम दिने गरेका थिए ।दृष्‍टिबाट

प्रतिक्रिया

सम्बन्धित