न्यायाधीशले बेञ्च बहिस्कार गरेपछि प्रधानन्यायाधीश संकटमा


काठमाडौं । प्रधानन्ययाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले पूर्ण इजलास बहिस्कार गरेका छन् ।

अदालतको अवहेलनासम्बन्धी डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दाको पूर्ण इजलासमा भइरहेको बहसमा सोमबार न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको बेन्चमा अबदेखि आफू नबस्ने भन्दै  बहिष्कार गरेका हुन्।

न्यायाधीश जबराले पराजुलीको कायम उमेर अनुसार  उनले गत साउनमै अवकाश पाउनु पर्ने भन्दै अबदेखि उनको इजलासमा नबस्ने बताए।  यससँगै इजलास स्थगित भएको छ ।

‍सोमबार बिहान इजलास सुरु हुनुअघि इजलास कक्षमा आएर राणाले भने–‘अहिलेको उहाँको जन्ममिति  र शैक्षिक कागजात विवादित छन्। उहाँको उमेर अनुसार उहाँले गत साउनमै अवकाश पाइसक्नु पर्ने थियो।  त्यसैले म अबदेखि उहाँसँग इजलासमा बस्ने छैन।’
प्रधानन्यायाधीश पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । इजलासमा न्यायाधीशहरु पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दपिककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।


प्रधानन्यायाधीश गोपाल पराजुली उमेर सच्याएको विवादमा तानिँदै आएका छन् । उमेर नसच्याएको भए प्रधानन्यायाधीश पराजुलीले गत साउनमा अवकाश पाउने थिए । सच्याइएको भनिएको उमेर अनुसार उनी आगामी बैसाखको पहिलो सातासम्म प्रधानन्यायाधीश पदमा रहन सक्छन् ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पराजुलीको उमेर साउनकै सदर गरेकी थिइन्, जसलाई पराजुलीले उल्ट्याएर बैशाखसम्म कायम गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित