राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्विरोध

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यद्यपि अध्यक्षमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।

एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश ४ को सहसंयोजक तिमिल्सिना पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित