१२ अर्बको ठेक्कामा डनहरुको चलखेल,यही सेरोफेरोमा बन्यो गौचनको हत्या !

काठमाडौं  । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको ०७४ असोज २३ गते हत्या भएलगत्तै सरकारले दोषी पत्ता लगाएर कारबाही गर्ने वचन दिएको थियो । सरकारले यस्तो वचन दिएको कात्तिक २३ गते एक महिना पूरा हुँदैछ ।

  तर यो एक महिनामा गृहमन्त्री परिवर्तन भए, गृह सचिव लोकदर्शन रेग्मी मुख्य सचिब भए। मन्त्री परिवर्तन भए, माओवादी मन्त्रीहरु विनाविभागीय हैसियतमा पुगे । तर, दिन दहाडै राजधानीकोबीच सडकमा हत्या गरिएका नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका बारेमा कुनै उपलब्धि हासिल हुन सकेको छैन । किन रु गौचन हत्या थप रहस्यमय बन्दै गइरहेका बेला निर्माण व्यवसायीहरु भने निर्माण क्षेत्रमा हुर्किएको 'डन प्रवृत्ति', बेथिती र ठेक्कामा हुने गरेको कार्टेलिंग नै हत्याको मुख्य कारण भएको बताउँदै अर्बौंका ठेक्का पट्टातर्फ केन्द्रित भएर हत्याको अनुसन्धान अघि बढ्नु पर्ने बताउँछन् ।

  १२ अर्बको हुलाकी मार्गको ठेक्का आह्वान भएकै सेरोफेरोमा निर्माण ब्यवसायी गौचनको हत्या भएकोले यसकै वरिपरि रहेर अनुसन्धान गर्नुपर्ने निर्माण व्यवसायीहरुको मत छ । हुलाकी मार्ग निर्माणका लागि  १२ अर्बको ठेक्का आह्वान भएको अवस्था थियो । केही डन ठेकेदारहरुको दौडधुप ठेक्का हत्याउन भैरहेको थियो।

  गौचनले सञ्चालन गर्दै आइरहेको डाँफे कन्ष्ट्रक्सन कम्पनी पनि ‘डन निर्माण कम्पनी’ मध्येको एक हो । विगतमा यसले पनि मिलेमतोमा छ्याकन खाने र टेन्डरहरु हत्याउने काम गर्दै आइरहेको थियो । यहीबीचमा गौचनको हत्या भएकाले निर्माण व्यवसायीहरु अर्बौका ठेक्काकै कारण कतै गौचनको हत्या भएको त होइन भन्ने आशंका ब्यक्त गदैंछन् ।

 ‘हुलाकी मार्गको  १२ अर्ब ठेक्कामा टेन्डर आह्वान भएकै समयमा गौचनको हत्या भएकाले ठेक्कातिर औंला सोझिएको हो’, निर्माण व्यवसायी महासंघका एक पदाधिकारी भन्छन्, ‘त्यसैले यसकै वरिपरि रहेर थप अनुसन्धान गर्नुपर्ने हुन्छ ।’ निर्माण व्यवसायी महासंघका ती पदाधिकारीले गौचनको साथबाट १५ करोड बराबरको चेक फेला परेको भन्ने पनि सुन्नमा आएकाले कतै ठेक्काकै लेनदेन निमिल्दा कै कारणले उनको ज्यान गएको त होइन भन्ने आशंकालाई थप बल पु-याएको बताए । कतिपयले माओवादीका मन्त्रीहरु विनाविभागीय बनाइनुमा यो विषयले समेत भूमिका खेलेको दाबी गरेका छन् ।

  नियम मिचेर टेन्डरको तयारी उता, सरकारले निर्वाचनको मुखमा ठूला आयोजनाहरुको ठेक्का आह्वान गर्न लागेको खबर छ । हुलाकी मार्गको १२ अर्बको ठेक्का आह्वान गरेको केही समयपछि सरकारले पुष्पलाल मध्य पहाडी लोकमार्गको ७र८ अर्बको अर्को ठेक्का आह्वान गर्न लागेको हो । निर्माण क्षेत्रका ठूला डन कम्पनीलाई ठेक्का सुम्पिने रणनीतिअनुसार टेन्डर आह्वान हुन लागेपछि हेलो सरकारदेखि अख्तियारसम्म उजुरी पुगेको थाहा भएको छ । स्रोतको अनुसार, अर्बौंका आयोजनाहरु रुँघेर बसेका ठूला ुडनु निर्माण कम्पनीको प्रभावमा परेर सरकारले ठेक्का आह्वानको तयारी गरेको गुनासो निर्माण ब्यवसायीहरुको रहेको छ । हजारौं निर्माण ब्यवसायीलाई ठेक्कामा भाग लिनबाट बन्चित गरेर ‘ठूला डन कम्पनीले मात्रै भाग लिन पाउने गरी पुष्पलाल मध्य पहाडी लोकमार्गको रु। ७र८ अर्बको ठेक्का गर्न लागिएको छ’, स्रोतले भन्यो ।  साँघु साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित