को–को परे विमान दुर्घटनामा (नामावली सहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउसो दुर्घटना भएको विमानमा दुर्घटनामा परी २४ नेपालीसहित ४९ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा अधिकांश एमबीबीएसका विद्यार्थी रहेका छन् । एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका विद्यार्थीहरुमा एउटै कलेजमा अध्ययनरत १३ जना विद्यार्थी दुर्घटनामा परेका हुन् ।

दुर्घटना भएको विमानमा चालक दलका चार सदस्यसहित ६९ जना यात्रु सवार थिए । नेपालका ३३, बंगलादेशका ३२ तथा माल्दिभ्स र चीनका १–१ जना सवार थिए । हवाई यात्रीमा ३७ पुरुष, २६ महिला र दुई बच्चा रहेका बताइएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट उडेको युएस–बाङ्ला एयरको विमान सोमबार दिउँसो सवा दुईबजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो । विमान पृथुला रसिदले उडाएकी थिइन् ।

विमानमा सवार ३३ नेपाली मध्ये २४ जनाको निधन भएको छ । यात्रु लिस्टका आधारमा को को सवार थिए भन्ने खुलेको छ । साथै अधिकांश घाइतेको सनाखत भएको छ । तर, अधिकांश मृतकको शव पहिचान हुन बाँकी नै छ ।

दुर्घटनामा परी मृत्यु हुने नेपाली नागरिकहरुमा शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, समिरा व्यञ्जनकार, प्रवीण चित्रकार, सजना देवकोटा,  ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादव छन् ।

तिमध्ये सञ्जय पौडेल, प्रिन्सी धामी, सञ्जय महर्जन, निगा महर्जन, एन्जिला श्रेष्ठ, पुर्णिमा लोहनी, स्वेता थापा, मिली महर्जन, सरीमा श्रेष्ठ, अल्जिना बराल, चारु बराल, समिरा ब्यञ्जनकार, आस्ना शाक्य एमबीबीएसका विद्यार्थी हुन् ।

जसमा १३ विद्यार्थी एउटै कलेजका छन् । बंगलादेशको जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबीबीएस पढ्ने १३ विद्यार्थी विमान दुर्घटनामा परेका हुन् । विमान दुर्घटनामा परेका विद्यार्थी मध्ये श्रेया झा कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत रहेको बताइएको छ ।

विमानमा रहेका विदेशी नागरिकमा बंगलादेशका बेगम हुरुन नहर बिल्क्विस बानु, एमएसटी अख्तरा बेगम, फैसल महम्मद, शहरिन अहमद, इकुव अली, फुज्जमान अली, अल्मुन नहर एन्नी, बिल्किस एरा, एमडी शाहीन बेपारी, नाजिया अफ्रिन चौधरी, एमडी रिज्वनुल हक, एमडी रोकिबुल हसन, मेहदी हसन, एमराना कबिर हासी, एमडी कबिर हुसेन, सञ्जिदा हुक, एमडी हसन इमाम, मोहम्मद नसरुल इस्लाम, अखी मोनी, मिनाज बिन नासिर, एफएच प्रिओक, तमर्रा प्रिओनमोइ, मोदुर रहमान, महमुदुर रहमान, ताहिरा तन्विन शाशी रेजा, पियास रोय,
शेख रसिद रुवायत, युमी सलिमा, सैयादा कम्रुन्नहार शवार्ना, अनिरुद्द जमान, एमडी नुरुज जमान, एमडी रफिक्ज जमान रहेका छन् ।

त्यसैगरी चीनका झ्याङ मिङ, माल्दिभ्सका रिजाना अब्दुल्ला, चालक दलका सदस्य पृथुला रसिद (पाइलट), ख्वजा हुसेन रकिबुल हुसेन रहेका छन् ।

घाइते नेपाली नागरिक

प्रिन्सी धामी, केएमसी
किशोर त्रिपाठी, ग्राण्डी अस्पताल
हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल
विनोद पौडेल, ग्राण्डी अस्पताल
वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली
केशव पाण्डे, मेडिसिटी अस्पताल नख्खु
दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी
दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा
आशिष रञ्जित नर्भिक
सनम शाक्य, नर्भिक
सबिना व्यञ्जनकार, केएमसी

प्रतिक्रिया

सम्बन्धित