निर्देशकद्वय शिव–अशोक भाडा नतिरेर ‘फरार’

काठमाडौं । म्युजिक भिडियो निर्देशकद्वय शिव बिक र अशोक बिकले छ महिनाको घर भाडा नतिरेर बेपत्ता भएको खुलासा भएको छ । काठमाडौंको अनामनगरस्थित घट्टेकुलो चोकमा आफिसका लागि फल्याट भाडामा लिएर बिकले भाडा नतिरेका हुन् । म्युजिक भिडियो निर्देशक बिकविरुद्ध घरधनी नारायणी उप्रेतीले काठमाडौं महानगरपालिकाको २९ नं. वडा कार्यालयमा उजुरी दिएकी छिन् ।

निर्देशक बिकले आफ्ना भाञ्जा अशोक बिकसँग मिलेर फल्याट मासिक १५ हजार तिर्ने गरेर २०७४ असारदेखि भाडामा लिएका थिए । निर्देशक बिकका भाञ्जा अशोक बिक पनि म्युजिक भिडियोका निर्देशक हुन् । अशोकले बिजुलीबजारमा घरभाडा लिएर अर्को कार्यालय खोलेका छन् । भाडामा लिएको फल्याटमा सबै सामान थुनिएर रहेका छन् ।

फल्याटमा ताला लगाएर म्युजिकि भिडियोका निर्देशक बिकले अन्यत्र कार्यालय सारेका छन् । ताला लगाएर हिँडेका म्युजिक भिडियोका निर्देशक बिक र उनका भाञ्जा अशोक घरधनी उप्रेतीसँग सम्पर्कमा आउन नै नचाहेपछि वडा कार्यालयमा उजुरी परेको छ । यस विषयमा जानकारी लिन विश र अशोकलाई सम्पर्क गर्न खोज्दा फोनमा सम्पर्क हुन सकेन ।

घरभाडासम्बन्धी विवाद मिलाउन २९ नं. वडाका वडाध्यक्ष कुश ढकालले सोमबार म्युजिक भिडियोका निर्देशक बिकलाई वडा कार्यालय डिल्लीबजार बोलाएर घरधनी उप्रेतीसँग छलफल गराएका थिए । शिव बिक छलफलका लागि आएपनि अशोक बिक भएन नआएको उप्रेतीले बताइन् । तर, उनीहरूका बीच कुरा मिलेको छैन । मंगलबार पुन छलफल हुने गरेर सोमबार दुबै पक्ष छुट्टिएका छन् । ‘वडा कार्यालयमा कुरा मिलेन भने शिव बिक र अशोक बिकविरुद्ध प्रहरीमा उजुरी दिनेछु’, घरधनी उप्रेतीले भनिन्, ‘मलाई छ महिनादेखिको घरभडा चाहिन्छ । भाडा नदिने ठूला कुरा गर्न मिल्छ ?’

म्युजिक भिडियोका निर्देशक बिकले घरधनी उप्रेतीलाई ‘काठमाडौंको कोटेश्वरमा मेरो पनि घर छ धेरै किचकिच नगर्नुस्’ भनेर बेलाबेला धम्की दिने गरेको स्मरण सुनाइन् । उप्रेतीले भनिन्, ‘कुरा ठूला गर्ने छ महिनादेखि घरभाडा, बत्ती र पानीको पैसा दिन नमान्ने ।’

घरधनी उप्रेतीका अनुसार असोजदेखि फागुन महिनासम्मको ९० हजार घरभाडा म्युजिक भिडियोका निर्देशक अशोक बिक र भाञ्जा अशोक बिकले तिर्नुपर्ने हुन्छ । यो ९० हजारमा बिजुली र पानीको बिल जोडिएको छैन ।

यसअघि पनि म्युजिक भिडियो निर्देशक शिव बिक मोडललाई यौन दुरव्यवहार गरेका घटनामा मुछिएका थिए । बेलाबेला निर्देशक बिक बिबादमा आइरहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित