राष्ट्रपति भण्डारी धर्म संकटमा

काठमाडौं । विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छन्। आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन् भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो।

संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर राष्ट्रपतिको निर्वाचन पहिलो पटक गरिएको हो। यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले गरेका थिए।

राष्ट्रपतिको सपथ भने भोली हुनेछ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने चलन गरेको छ। तर, पछिल्लो समय प्रधानन्यायाधिश गोपलप्रसाद पराजुली विवादमा परेसँगै राष्ट्रपतिलाई पनि विवादित प्रधानन्यायाधीशबाट सपथ लिने कि नलिने भन्नेमा द्धुविधा उत्पनन्न भएको छ ।

भण्डारीलाई संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेले उम्मेद्वार बनाएको थियो। उनी संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन्। त्यतिबेला रुपान्तरित संसदले उनलाई राष्ट्रपति चयन गरेको थियो।

राष्ट्रपति हुनु अघि उनी नेकपा एमालेको उपाध्यक्ष थिइन्। त्यसअघि उनले २०६६ सालमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। भण्डारी एमाले नेता मदन भण्डारीकी श्रीमति हुन्। तत्कालिन अवस्थामा मालेबाट भातृ संगठनमा राजनीतिमा लागेकी उनले मदन भण्डारीसँग २०३९ सालमा विवाह गरेकी थिइन्। २०५० सालमा श्रीमानको रहस्यमय दुर्घटनामा निधन भएपछि उनी राजनीतिमा थप सक्रिय भइन्। उनले काठमाडौंको उप निर्वाचनमा उम्मेद्वारको रुपमा खडा भएर प्रतिनिध सभा सदस्य निर्वाचित भइन्।

२०५४ सालमा उनी एमालेको केन्द्रीय सदस्य निर्वाचित भइन्। त्यसपछि लगातार पार्टी केन्द्रीय राजनीतिमा संलग्न हुँदै एमाले उपाध्यक्षसम्म बनिन्। उनी २०५४ सालमा जनसंख्या तथा वातावरण मन्त्री समेत नियुक्त भएकी थिइन्।

राज्यको हरेक अंगमा ३३ प्रतिशत प्रतिनिधित्वका लागि भण्डारीले महिला आन्दोलनको नेतृत्व गरेकी थिइन्। उनकै प्रस्तावमा २०६२र६३ पछि पुर्नस्थापित संसदले ३३ प्रतिशत सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो। हाल नेपालको संविधानले समेत राज्यका हरेक अंगमा एक तिहाई महिला प्रतिनिधित्वको व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित