प्रधानन्यायाधीश पराजुली पदमुक्त

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका पराजुलीलाई न्याय परिषद सचिव नृपध्वज निरौलाले पदमा नरहेको भन्दै उनलाई नै चिठ्ठी पठाएका हुन्।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ ।

पत्रमा ‘न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा पराजुलीले २१ साउनमा नै अवकास पाएको देखिएको’ उल्लेख छ । लगतै सचिवस्तरीय बैठकबाटै पराजुलीलाई पदमुक्त भएको पत्र काटिएको छ ।

न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । पत्रको अन्त्यमा ‘सम्माननीय महोदयले न्याय क्षेत्रमा पुर्‍याउनुभएको योगदान प्रति हार्दीक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस भन्ने कामना गर्दछु,’ उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित