भारतीय प्रभाव स्थापित गर्न विवादास्पद व्यापारी उपेन्द्र महतो सक्रिय

upendramahaton

काठमाडौं । केपी शर्मा ओलीको मन्त्रीमण्डलमा भारतीय प्रभाव स्थापित गर्न विवादास्पद व्यापारी उपेन्द्र महतोले निकै चलखेल गरेका छन् । राष्ट्रियताको मुद्दा उठाएर जिताएको वाम गठबन्धन भारतीय फोल्डमा गइरहेको महसुस भएको छ ।  एमालेका प्रभावशाली नेता ईश्वर पोखरेललाई कामकाजी मन्त्रालय नदिएर केवल ‘सम्मानित’को नाममा भित्तामा पु-याउने काम मात्र गरिएको छ ।

 पोखरेल अर्थमा जाने सम्भावना रहँदारहँदै कर्मचारीवृत्तबाट आएका एक जना प्राविधिकलाई अर्थमन्त्री बनाएर राजनीतिक कमाण्ड कमजोर बनाइएको छ । अर्थमा नभएर ईश्वर पोखरेललाई विकासे मन्त्रालयमा लैजान सकिन्थ्यो । भौतिक पूर्वाधार प्रभावकारी मन्त्रालय हो । यसमा उपेन्द्र महतोका बहिनी ज्वाँइ रघुवीर महासेठलाई अवसर दिएर लगिएको छ ।

 भौतिकमा रघुवीर महासेठको आगमनले चीनसंग मिलेर नेपालमा सडक, रेल बनाउने सम्भावना कमजोर भएको छ । भारतीय सरकारको स्वामित्वमा चलेको यूटीएल फोन आफ्नो पकडमा ल्याएका महतोका निकै निकट मानिएका माओवादी केन्द्रका नेता वर्षमान पुनलाई ऊर्जामन्त्री बनाउन महतो भिडेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

 जनार्दन शर्मालाई ऊर्जामन्त्री बनाउनुपर्ने माग जनताको थियो । पुन मन्त्री भएसंगै कृत्रिम लोडशेडिङ हुने खतरा रहेको चर्चा छ । इन्भर्टर व्यापारी, झोलामा खोला ओगट्नेहरुले अहिले पुनलाई घेरिरहेको चर्चा माओवादी केन्द्रभित्रैबाट सुरु भएको छ ।(सांघु साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित